images
images

प्राइम, युनियन र गुराँस लाइफ इन्स्योरेन्सको एकिकृत कारोबारको मिति तय


  • 861
    SHARES
  • २०७९ माघ १३ गते शुक्रबार

    प्राइम, युनियन र गुराँस लाइफ इन्स्योरेन्सको एकिकृत कारोबारको मिति तय

    काठमाडौं । प्राइम लाइफ इन्स्योरेन्स युनियन लाइफ इन्स्योरेन्स र गुराँस लाइफ इन्स्योरेन्सको एकिकृत कारोबारको मिति तय गरिएको छ । यी ३ वटै कम्पनीले आपसमा मर्जरमा जाने सहमति गरेसँगै एकिकृत कारोबार गर्नका लागि नेपाल बीमा प्रधिकरणमा माघ ३० गतेको मिति पेश गरेका छन् । 

    जस अनुसार ३ वटै कम्पनीले मर्जर प्रक्रिया पुरा गरेर हिमालयन लाइफको नामबाट माघ ३० गतेदेखि एकिकृत कारोबार गर्ने भएका हुन् । यी ३ वटै कम्पनी समान हैसियत अर्थात १ः१ः१ को अनुपातमा मर्जरमा जाने सहमति गरेका छन् । 

    बीमा समितिबाट जीवन बीमा कम्पनीको चुक्तापुँजी ५ अर्ब रुपैयाँ पुर्याउनु पर्ने भएपछि उक्त ३ बीमा कम्पनीहरुले मर्जरमा जाने निर्णय गरेका हुन् । 

    हाल प्राइम लाइफको चुक्ता पूँजी २ अर्ब ७७ करोड ९६ लाख, गुराँस लाइफको २ अर्ब ८ करोड र यूनियन लाइफको २ अर्ब १५ करोड रुपैयाँ  रहेको छ । 


    images
    images

    Logo