images
images

टरिगाउँमा आजदेखि सीता एयरले उडान भर्दै


  • 293
    SHARES
  • २०७९ माघ १३ गते शुक्रबार

    टरिगाउँमा आजदेखि सीता एयरले उडान भर्दै

    काठमाडौं । दाङको तुलसीपुर–१२ टरिगाउँस्थित विमानस्थलमा निजी विमान कम्पनी सीता एयरले उडान भर्ने भएको छ ।  त्यसका लागि सीता एयरले आज परीक्षण उडान गर्दैछ । 

    तुलसीपुर उपमहानगरपालिकाका उपप्रमुख स्यानी चौधरीका अनुसार दिउँसो १ बजे सीता एयरको विमानले परीक्षण उडान भर्ने तय भएको छ ।  “निजी विमान कम्पनीले उडान सुरु गरेपछि भाडा सस्तो हुने हाम्रो अपेक्षा छ”, उनले भने । लामो समयको प्रयासमा निजी विमान कम्पनी उडान भर्न तयार भएको हो । धावनमार्ग विस्तार गरी ठूला जहाजले उडान भर्न मिल्ने बनाउन लागिएको चौधरीको भनाइ छ । 

    तुलसीपुर उपमहानगरपालिकाले चौधरीको नेतृत्वमा समिति बनाएर विमानस्थल विस्तारका लागि काम अघि बढाएको छ । हाल नेपाल वायु सेवा निगमले विमानले हप्तामा चार दिन तुलसीपुरमा उडान भर्दैआएको छ । आइबार, मङ्गलबार, बिहीबार र शनिबार उडान हुने गरेको छ । टरिगाउँमा इन्धन डिपो पनि सञ्चालनमा आएको छ । 

    हाल दाङबाट काठमाडौँको न्यूनतम भाडा ८ हजार ८ सय १०  रुपैयाँ तथा काठमाडौँबाट दाङको भाडा न्यूनतम ९ हजार रुपैयाँ र अधिकतम १२ हजार रुपैयाँ रहेको छ । हाल कायम रहेको ७ सय ५० मिटर लम्बाइ र ३० मिटर चौडाइको धावनमार्ग विस्तार गर्ने योजना छ । 


    images
    images

    Logo