सुनचाँदी बजारमा आज सुनको मूल्य घटेको छ । शुक्रवार छापावाला सुन प्रतितोला १ लाख ५ हजार ८ सय रुपैयाँ कायम भएको छ ।
बिहीवार १ लाख ६ हजार ९ सय रुपैयाँ पुगेर हालसम्मकै उच्च मूल्यमा पुगेको सुन आज १ हजार १ सय रुपैयाँले घटेर १ लाख ५ हजार ८ सय रुपैयाँ कायम गरिएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
त्यस्तै, तेजावी सुन प्रतितोला १ लाख ५ हजार ३ सय रुपैयाँ कायम गरिएको छ भने चाँदी प्रतितोला १ हजार ३ सय ८० रुपैयाँ तोकीएको महासंघले जनाएको छ ।