images
images

'लेखेर राख्नुस्, भिडियो बनाउनुस् पाँच वर्षमा पर्वतका सबै वडामा कालोपत्र सडक पुग्छ'


  • 261
    SHARES
  • २०७९ माघ १२ गते बिहीबार

    'लेखेर राख्नुस्, भिडियो बनाउनुस् पाँच वर्षमा पर्वतका सबै वडामा कालोपत्र सडक पुग्छ'

    पर्वत । स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री बनेपछि पहिलोपटक गृहजिल्ला पर्वत आएका पदम गिरीले अबको पाँच वर्षभित्र जिल्लाभित्र रहेका सबै वडा कालोपत्र सडकले छुने बताएका छन् ।

    जन्मगाउँ पर्वतको कुश्मा नगरपालिका–३ दुर्लुङमा आयोजित बधाई तथा सम्मान कार्यक्रममा स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री गिरीले अबको पाँच वर्षभित्र कालोपत्रले नछोएको वडा एउटा पनि नहुने बताताएका हुन् ।

    “लेखेर राख्नुस्, भिडियो बनाउनुस् अबको पाँच वर्षभित्र पर्वतका सबै वडामा कालोपत्र सडक पुग्छ”, उनले भने, “अहिले पनि धेरै काम भएको छ तर अब बाँकी काम पूरा गरेरै छाड्छौँ ।”

    अब दिन गनेर काम गर्ने बताए । “अबको पाँच वर्षभित्र सातवटै पालिकामा सुविधासम्पन्न अस्पताल बनाइने छ सबै पालिकामा आवश्यकताअनुसार डाक्टर, नर्स, स्वास्थ्यकर्मीसहितको न्यूनतम सेवा अनिवार्य उपलब्ध हुनेछ ।”

    उनले केपी शर्मा ओली सरकारका पालामा ल्याएको स्वास्थ्य बीमा कार्यक्रमलाई थप प्रभावकारी र व्यवस्थित बनाउँदै लग्ने स्पष्ट गरे । उनले भने, “अब कोही पनि मानिस औषधि नपाएर, उपचार नपाएर मर्ने स्थिति हुनु हुँदैन, स्वास्थ्य बीमा थप प्रभावकारी बनाउँदै सबै घरमा पु¥याउनुपर्छ ।” त्यो स्थितिको अन्त्य गर्न स्वास्थ्यजस्तो संवेदनशील मन्त्रालयको जिम्मा लिएको उनको भनाइ छ ।

    मन्त्री गिरीले पर्वत अस्पतालको अनुरोधमा पहिलोपटक जिल्ला आउँदा १ करोड ४० लाख पर्ने स्वास्थ्य उपकरण लिएर आएको सुनाउँदै भने, “म धेरै बोल्दिनँ, हामीले सुरुआत मात्र गरेका छौँ, स्वास्थ्य क्षेत्रका समस्या बुझ्दैछौँ, स्वास्थ्य क्षेत्रभित्रका समस्या पहिचान गरी गरिब र विपन्नको पहुँचमा स्वास्थ्य सेवा ल्याउने कुरा रिजल्टद्वारा देखाउने काम गर्नेछौँ ।”

    उनले चुनावअघि र चुनावपछि बोल्ने कुरा फरक हुन सक्छन् भन्दै आफू चुनाव जितेर मन्त्री बनेपछि जिम्मेवार भएर बोलेको तर्फ सङ्केत गर्दै भने, “हामी अहिले अरुको आलोचना गरेर समय खेर फाल्ने पक्षमा छैनौँ, जति सकिन्छ काम गरेर रिजल्ट दिने ध्याउन्नमा छौँ ।” उनले जिल्लाको खानेपानी, सडक, बाटोघाटो, सिँचाइ, भूकम्पले क्षति भएका घरहरूका समस्या समाधानका लागि आफू प्रतिबद्ध रहेको दोहो¥याए । 


    images
    images

    Logo