काठमाडौं । सांसद भवन अगाडी आत्मदाह गरेका प्रेमप्रसाद आचार्यले सामाजिक सञ्जालमा उठाएका विषयमा छानबिन गर्न गृह मन्त्रालयले छानबिन समिति गठन गरेको छ । बिहीवार मन्त्रालयले नारायणप्रसाद रिसालको संयोजकत्वमा ६ सदस्यीय समिति गठन गरेको हो ।
उक्त छानबिन समितिमा अर्थमन्त्रालयका उपसचिव, उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयका उपसचिव, श्रम रोजगार तथा सामजिक सुरक्षा मन्त्रालयका उपसचिव, नेपाल प्रहरीबाट प्रहरी उपरिक्षक र राष्ट्रिय अनुसन्धान विभागका उप(अनुसन्धान निर्देशक सदस्य रहेका छन् ।
छानबिन समितिले आचार्यले उठाएका सबै विषयमा यथाशीघ्र छानबिन गरी प्रतिवेदन तयार पार्ने र त्यससम्बन्धमा सरकारले के-के गर्नुपर्ने हो सुझाव तयार पार्नेछ।