काठमाडौं । मिड सोलु हाइड्रोपावरले आईपीओ निष्काशनका लागि नेपाल धितोपत्र बोर्डमा निवेदन दिएको छ । आईपीओ निष्काशनका लागि कम्पनीले माघ ११ गते बोर्डमा निवेदन दिएको हो ।
कम्पनीले १४ करोड ९६ लाख ८० हजार रुपैयाँ बराबरको १४ लाख ९६ हजार ८ सय कित्ता आईपीओ निष्काशन गर्ने भएको छ ।
कम्पनीको आईपीओ निष्काशन तथा विक्री प्रबन्धकमा एनआईसी एशिया क्यापिटल लिमिटेड रहेको छ ।