काठमाडौं । सिटिजन लाइफ इस्योरेन्सले प्रमुख कार्यकारी अधिकृत (सीईओ) लाई ८८ लाख ४ हजार रुपैयाँ तलव दिएको छ । इस्योरेन्सले गत आर्थिक वर्ष २०७८/७९ मा सीईओलाई तलवभत्ता बापत ७३ लाख ३४ हजार रुपैयाँ भुक्तानी गरेको हो ।
इस्योरेन्सले पारिश्रमिक अन्तर्गत कर्मचारी बोसन बापत १४ लाख ५१ हजार रुपैयाँ दिएको छ । कम्पनीले उनको दुर्घटना बीमा बापत १० हजार ५ सय रुपैयाँ र परिवारका सदश्यहरुको सहित स्वास्थ्य बीमाको लागि ७ हजार ५ सय रुपैयाँ बीमा शुल्क भुक्तानी गरेको छ ।
कम्पनीका सञ्चालकहरुले यस आर्थिक वर्षमा बैठक भत्ता बापत ४ लाख ५६ हजार रुपैयाँ प्राप्त गरेका छन् । उच्च व्यवस्थापन तहका कर्मचारीहरुले ५ करोड ४८ लाख रुपैयाँ बुझेका छन् ।