images
images

एकैदिन ३ हजार भन्दा बढी सवारी चालक कारवाहीमा


  • 275
    SHARES
  • २०७९ माघ १२ गते बिहीबार

    एकैदिन ३ हजार भन्दा बढी सवारी चालक कारवाहीमा

    काठमाडौं । काठमाडौं उपत्यकामा एकैदिन ३ हजार ७४ जना सवारी चालक कारवाहीमा परेका छन् । टाफिक नियम उल्लङ्घन गरेको कारणले उनीहरुलाई बुधबार उपत्यकाको विभिन्न स्थानबाट कारवाही गरिएको काठामाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयले जनाएको छ । 

    कारबाहीमा पर्नेमा मादक पदार्थ सेवन गरी सवारी साधन चलाउने १ सय ४४ जना, लेन अनुशासन पालना नगर्ने १ सय २० , रेड लाइडमा सवारी साधन चलाउने ३१ जना, निषेधित क्षेत्रमा हर्न बजाउने ५१ र नम्बर प्लेट राम्रोसँग नराख्ने ४३ जना, लिडारगन १ सय ७ चालक रहेका छन् ।  यस्तै २ हजार ५ सय ७८ जना सवारी चालकलाई अन्य कारबाही गरिएको कार्यालयले जनाएको छ ।


    images
    images

    Logo