काठमाडौं । सुनको मूल्यले नयाँ रेकर्ड कायम गरेको छ । विहीबार छापावाला सुनको मुल्य प्रतितोला १ लाख ६ हजार ९ सय रुपैयाँमा कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । यो भाउ हालसम्मकै उच्च हो ।
वुधबार प्रतितोला १ लाख ६ हजार २ सय रुपैयाँमा कारोबार भएको सुनको मूल्य आज ७ सय रुपैयाँले बढेर प्रतितोला १ लाख ६ हजार ९ सय रुपैयाँमा कायम भएको महासंघले जनाएको छ । यस अघिको उच्च मूल्य१ लाख ६ हजार ३ सय रुपैयाँ रहेको थियो ।
त्यस्तै, तेजावी सुनको मूल्य प्रतितोला १ लाख ६ हजार ४ सय रुपैयाँमा कायम भएको छ भने चाँदीको मूल्य प्रतितोला १ हजार ३ सय ८० रुपैयाँमा कायम भएको छ ।