काठमाडौं । मर्जरपछि नेपाल इन्भेष्टमेन्ट मेगा बैंकल २ अर्बभन्दा बढी नाफा कमाएको छ । आर्थिक वर्षको दोस्रो त्रैमाससम्ममा बैंकले सो रकम बराबरको नाफा कमाएको हो । गत वर्ष यस्तो नाफा १ अर्ब ६२ करोड रहेको थियो । यो गत वर्षको तुलनामा २८.३९ प्रतिशत बढी हो ।
सो अवधिमा बैंकको विजतरणयोग्य नाफा ९४ करोड ८४ लाख रुपैयाँ रहेको छ । पुस मसान्तसम्मा बैंकको खुद व्याज आम्दानी २अर्ब ४५ करोड रुपैयाँ रहेको छ । गत वर्ष सोही अवधिमा यो रकम १ अर्ब १२ करोड रुपैयाँ रहेको थियो । सो अवधिमा बैंकको सञ्चालन नाफामा बैंकले २ अर्ब ९८ करोड रुपैयाँ गरेको छ ।
सो अवधिम बैंकको निक्षेप ३ खर्ब ५५ अर्ब रुपैयाँ पुगेको छ भने कर्जा ३ खर्ब १७ अर्ब रुपैयाँ रहेको बैंकले जनाएको छ । सो अवधिमा बैंकको निष्क्रिय कर्जा ३.७१ प्रतिशत रहेको छ ।
यस्तै बैंकको प्रति शेयर आम्दानी १५ रुपैयाँ ६१ पैसा, प्रतिशेयर नेटवर्थ १ सय ६४ रुपैयाँ ९१ पैसा रहेकाे छ ।



