काठमाडौं । नेपाल राष्ट्र बैंकले आजको विदेशी मुद्राको विनिमयदर सार्वजनिक गरेको छ । सो विवरण अनुसार अमेरिकी डलरको मूल्य घटेको छ ।
बिहीवार अमेरिकी डलरको मूल्य १ को खरिददर अधिकतम १ सय ३० रुपैयाँ २५ पैसा र बिक्रीदर १ सय ३० रुपैयाँ ८५ पैसा कायम रहेको छ । मंगलवार १ सय ३१ रुपैयाँ ६ पैसामा कारोबार भएको राष्ट्र बैंकले जनाएको छ ।
त्यस्तै, युरोपियन युरो आज १ को खरिददर १ सय ४१ रुपैयाँ ७० पैसा र बिक्री दर १ सय ४२ रुपैयाँ ३५ पैसा कायम रहेको छ । त्यस्तै, बेलायती पाउण्ड आज १ को खरिददर १ सय ६० रुपैयाँ ३२ पैसा र बिक्री दर १ सय ६१ रुपैयाँ ६ पैसा रहेको छ।