images
images

फिलिपिन्स वायुसेनाको विमान दुर्घटना


  • 284
    SHARES
  • २०७९ माघ ११ गते बुधबार

    फिलिपिन्स वायुसेनाको विमान दुर्घटना

    एजेन्सी । शिक्षण उडानमा रहेको फिलिपिन्स वायुसेनाको एउटा विमान दुर्घटना दुर्घटना हुँदा चालक दलका दुई जना सदस्यको मृत्युभएको छ । 

    राजधानी मनिलाबाट पश्चिममा अवस्थित बतान प्रान्तको धानखेतमा विमान खसेको तथा त्यसमा रहेका दुवै जना चालकको मृत्यु भएको दुर्घटनास्थल पुगेका प्रहरी तथा उद्धारकर्मीले पुष्टि गरेका छन् । वायु सेनका प्रवक्ता  कर्णेल एम कन्सिउलो काष्टिलाले एक विज्ञप्ति निकालेर विमान खेतमा खसेको जानकारी दिए पनि त्यसमा भएको मानवीय क्षतिबारे केही खुलाएका छैनन् ।  

    यसैबीच, हिजोदेखि एउटा विमान हराइरहेको छ ।  इसावेला प्रान्तबाट उडेको केही क्षणपछि हराइरहेको छ जना यात्री बोकेको निजी विमानको खोजी भइरहेको सुरक्षा अधिकारीहरूले बताएका छन् । 

    प्रतिकूल मौसमका कारण खोज तथा उद्धारमा अवरोध भएको फिलिपिन्सको नागरिक उड्डयन कार्यालयका प्रवक्ता एरिक अप्लोनियोले बताएका छन् ।


    images
    images

    Logo