images
images

ज्यान मुद्दाका फरार व्यक्ति ९ वर्षपछि पक्राउ


  • 274
    SHARES
  • २०७९ माघ ११ गते बुधबार

    ज्यान मुद्दाका फरार व्यक्ति ९ वर्षपछि पक्राउ

    काठमाडौं । ज्यान मुद्दामा फरार रहेका एक व्यक्तिलाई प्रहरीले नौ वर्षपछि पक्राउ गरेको छ । प्रहरीले सिन्धुपाल्चोकको सुनकोसी गाउँपालिका–१ बस्ने ४२ वर्षीय इमबहादुर कार्कीलाई काठमाडौँको ठमेलबाट पक्राउ गरेर आजै अदालतमा पेस गरेको महानगरीय प्रहरी परिसरका प्रहरी उपरीक्षक प्रजित केसीले जानकारी दिए ।
     
    २०७० साल जेठ २७ गते मध्यपुरथिमि नगरपालिकाको चार दोबाटोमा ओम हस्पिटल एण्ड रिसर्च सेन्टरको बा ३ च ५३७५ नं को एम्बुलेन्सले बा ४०प ५०७९ को मोटरसाइकललाई ठक्कर दिँदा मोटरसाइकल चालक शिवशरण रेग्मीको मृत्यु भएपछि कार्की फरार रहेका थिए । 

    प्रहरीले कार्कीलाई प्रहरी वृत्त थिमिको हिरासतमा राखेर आवश्यक कारबाहीका लागि जिल्ला अदालतमा पेस गरेको प्रहरी उपरीक्षक केसीले जानकारी दिए ।


    images
    images

    Logo