काठमाडौं । बागमती प्रदेशमा मन्त्रीको भागबण्डा मिलेको छ । जसमध्ये नेकपा माओवादीले मुख्यमन्त्री र तीन मन्त्रालय पाउने भएको छ ।
त्यस्तै, एमालेले चार मन्त्रालय र राप्रपाले तीन मन्त्रालय पाउने भएका छन् । वागमती प्रदेशका मुख्यमन्त्री शालिकराम जम्कट्टेलले आज बेलुकासम्म मन्त्रिपरिषदलाई पूर्णता दिने भएका छन् ।
एमालेले एकलाल श्रेष्ठ, रामेश्वर श्रेष्ठ, केशव पोखरेल, जगन्नाथ थपलियालाई मन्त्री बनाउने भएको छ भने युवराज दुलाल, गंगानारायण श्रेष्ठ र कुमारी मोक्तानलाई मन्त्रीका रुपमा पठाउने निर्णय गरेको छ । त्यस्तै, राप्रपाले भने १ मन्त्री यस अघि नै पठाएपनि बाँकी २ मन्त्रीको भने टुङ्गो लागेको छैन ।