images
images

भारतमा हाइड्रोजनबाट चल्ने रेल सुरु हुँदै


  • 301
    SHARES
  • २०७९ माघ १० गते मंगलबार

    भारतमा हाइड्रोजनबाट चल्ने रेल सुरु हुँदै

    काठमाडौं । भारतमा हाइड्रोजनबाट चल्ने रेल सुरु गर्ने योजना अघि सारिएको छ । नयाँ वर्ष २०२३ को सुरुवातसँगै भारतीय रेलवेले आफ्ना विरासत लाइनलाई आधुनिक प्रविधिमा रूपान्तरण गर्दै हाइड्रोजनबाट चल्ने रेल सुरु गर्ने योजना अघि सारेको हो ।

     यसका लागि रेल मन्त्रालयले हाइड्रोजन ट्रेन ल्याउने योजना बनाएको छ। यस वर्षको अन्तिम सम्ममा हेरिटेज लाइनहरूमा पावर ट्रेनहरू सञ्चालन गर्ने सरकारको योजना रहेको मन्त्रालय स्रोतले जनाएको छ।

    स्रोतका अनुसार ‘हाइड्रोजन फर हेरिटेज’ योजनाले रेलको लुक र सञ्चालन प्रणाली परिवर्तन गर्ने प्रविधि मात्र नभई सार्वजनिक यातायात प्रणालीमा हरित ऊर्जाको प्रयोगलाई पनि प्रवर्द्धन गर्ने जनाइएको छ। हाइड्रोजन ट्रेनहरू न्यारो गेज र मिटर गेज दुवैमा सञ्चालन हुनेछन्। 

    रेल मन्त्रालयका अनुसार हाइड्रोजनबाट सञ्चालित ट्रेनले ८ हेरिटेज लाइनमा प्रारम्भिक रुट तय गर्नेछन्। यी लाइनमध्य रेलवेको माथेरान हिल रेलवे एक हो। जसको लम्बाइ १९.९७ किलोमिटर छ।

    त्यसैगरी उत्तर सीमावर्ती रेलवेको दार्जिलिङ हिमालयन रेलवे, जसको लम्बाइ ८८.६ किलोमिटरमा पनि हाइड्रोजनबाट सञ्चालित रेल गुड्नेछन् । त्यस्तै ९६.५ किलोमिटरको कालका( शिमला रेलवे, १६४ किलोमिटरको उत्तरको कांगडा उपत्यका रेलवे,  ६२.७ किलोमिटरको पश्चिम रेलवेको बिलमोरा वाघाई रुटमा पनि हाइड्रोजनबाट सञ्चालित रेल चलाउने योजना अघि बढेको छ ।
     
     उता ५८ किलोमिटरको पश्चिम रेलवेको महू पातालपानी रुट, ४६ किलोमिटरको नीलगिरि माउन्टेन रुट र  ५२ किलोमिटर मारवाड उत्तर पश्चिम रेलवेको मद्रिया रुटमा पनि हाइड्रोजनबाट सञ्चालित गुड्ने छन्। यी हेरिटेज रुटमा हाइड्रोजन सञ्चालित ट्रेन सञ्चालन गर्न धेरै प्राविधिक परिवर्तन गरिसकेको बताइएको  छ ।

    सहज सञ्चालनका लागि ट्रेनको प्रत्येक डिब्बामा प्रोपल्सन युनिट स्थापना गरिनेछ। साथै, राम्रो यात्रा अनुभवको लागि भिस्टाडोम कोचहरू प्रत्येक ट्रेनमा सेट हुनेछन् । यी हाइड्रोजन ट्रेनहरूले देशमा सञ्चालित पुराना  रेलहरू प्रतिस्थापन गर्नेछन्,  जुन १९५०/६० मा डिजाइन गरिएको थियो।


    images
    images

    Logo