काठमाडौं । एप्पल इंकको भारतबाट आईफोन निर्यात अप्रिल यता पाँच महिनामा १ अर्ब डलर नाघेको छ। डिसेम्बरमा मात्रै भारतबाट १० हजार करोड बराबरको आइफोनहरु निर्यात भएका छन्।
मार्च २०२२ सम्ममा भारतले निर्यात गरेको १.३ बिलियन डलर बराबरको आईफोनको झण्डै दोब्बर भएको जनाइएको छ। जबकि भारतले आईफोन उत्पादनको एक सानो अंश मात्र हो। तर, पछिल्लो समय बढ्दो निर्यातले देशलाई विश्वको कारखानाको रूपमा रहेको चीनको विकल्पको रुपमा पनि भारतलाई हेरिएको छ।
भारतमा निर्मित आईफोनको निर्यात ढुवानी, मुख्यतया युरोप र मध्य पूर्वमा, मार्च २०२३ सम्मको १२ महिनामा २.५ बिलियन डलर पुग्ने छ, जुन मार्च २०२२ सम्मको वर्षको तुलनामा झण्डै दोब्बर भएको रिपोर्टले स्रोतलाई उद्धृत गर्दै भन्यो।
ब्लूमबर्ग इन्टेलिजेन्सको अनुमान अनुसार चीनमा २३ करोडको तुलनामा गत वर्ष भारतमा करिब ३० लाख आईफोन बनेका थिए।
यस वर्षको अप्रिलदेखि अगस्टसम्म भारतबाट निर्यात भएका डिभाइसमा आइफोन ११, १२ र १३ मोडल रहेका छन् र नयाँ १४ उत्पादन भइरहेको निर्यात चाँडै सुरु हुने जनाइएको छ। एप्पलले गत महिना भारतमा आईफोन १४ बनाउन थालेको हो र अपेक्षित भन्दा चाँडो आश्चर्यजनक रूपमा सहज उत्पादन रोलआउट पछि यसले चिनियाँ उत्पादनको ढिलाइबाट पनि लाभ लिने देखिन्छ।



