images
images

कामना सेवा विकास बैंकका सीईओविरुद्ध पक्राउ पूर्जी जारी


  • 341
    SHARES
  • २०७९ माघ १० गते मंगलबार

    कामना सेवा विकास बैंकका सीईओविरुद्ध पक्राउ पूर्जी जारी

    काठमाडौं । कामना सेवा विकास बैंकका सीईओविरुद्ध पक्राउ पूर्जी जारी भएको छ । सीईओसहितका उच्च तहका केही कर्मचारीलाई प्रहरीले पक्राउ पुर्जी जारी गरेको हो । 

    कामना सेवा विकास बैंकको ३१ करोड रुपैयाँ बराबरको ऋण अपचलन भएको भन्दै झापास्थित इलाका प्रहरी कार्यालयले पक्राउ पुर्जी जारी गरेको छ ।

    सो रकम बराबरको ऋण अपचलन भएको भन्दै नेपाल राष्ट्र बैंकले थप अनुसन्धान गरी कारबाही गर्न सीआईबीलाई पत्र पठाएको थियो सोही अनुसार प्रहरीले सीईओसहितका उच्च तहका केही कर्मचारीलाई पक्राउ गर्न तयारी गरेको छ । 

    ३१ करोड रुपैयाँ ऋणमा कतिपय ऋणहरु बिनाधितो दिइएको र कतिपय ऋण धितोले उपरहुने भन्दा धेरै रहेको छ । पसल देखाएर लिएको ऋणमा पनि अवलोकन समेत नगरि ऋण दिएकोले उक्त पसल नै अर्काको नाममा रहेको पाइएको छ । 


    images
    images

    Logo