images
images

आयात प्रतिबन्धको असर राजस्वमा, ७४ अर्बले घट्यो राजश्व संकलन


  • 279
    SHARES
  • २०७९ माघ १० गते मंगलबार

    आयात प्रतिबन्धको असर राजस्वमा, ७४ अर्बले घट्यो राजश्व संकलन

    काठमाडौं । सरकारले सवारी साधानलगायत विभिन्न वस्तुको आयातमा लगाएको प्रतिबन्धको असर भन्सार राजस्वमा देखिएको छ । गत आवको छ महिनाको तुलनामा चालु आवको सोही अवधिमा ७४ अर्ब ७६ करोड ४२ लाख ५१ हजार बराबर राजस्व सङ्कलनमा कमी आएको छ । गत आर्थिक वर्षको छ महिनामा २ खर्ब ५७ अर्ब ६० करोड ४६ लाख ७६ हजार राजस्व सङ्कलन गरेकोमा चालु आवमा सोही अवधिमा रू एक खर्ब ८२ अर्ब ८४ करोड बराबर राजस्व सङ्कलन भएको हो ।

    सरकारले सबै प्रकारका मदिरा, एक सय ५० सिसीभन्दा बढी क्षमताका मोटरसाइकल, तीन सय डलरभन्दा माथिको मोबाइल र सवारी साधन आयातमा प्रतिबन्ध हटाइसकेको छ । विभागका अनुसार छ महिनामा नेपालले विभिन्न देशबाट ७ खर्ब ९२ अर्ब ६६ करोड ६२ लाख बराबरको बराबरको विदेशी वस्तुको आयात भएको हो । तर, मङ्सिरमा १ खर्ब ३२ अर्ब बराबरको विदेशी वस्तुको आयात भएकोमा पुसमा १ खर्ब २७ अर्ब बराबरको मात्रै आयात थपिएको हो । 



    images
    images

    Logo