काठमाडौं । नयाँ बानेश्वरस्थित संसद् भवन अगाडी एक व्यक्तिले आफैँमाथि आगो लगाएका छन् । मंगलबार दिउँसो बानेश्वरबाट तीनकुने मार्गमा मुख्य सडककै बीचमा इलामका प्रेमप्रसाद आचार्यले पेट्रोल खन्याएर आफैंलाई आगो लगाएका हुन् ।
सुरक्षाकर्मीको गाडी पास भइसकेर प्रधानमन्त्री पुष्पकमल दाहालको गाडी पास हुने बेलामा उनले आफूलाई आगो लगाएको प्रहरीले जनाएको छ । उनलाई उपचारका लागि बर्न अस्पताल कीर्तिपुर पठाइएको छ । आत्मदाह प्रयास गर्नुको कारण खुल्न नसकेको प्रहरीले जनाएको छ ।