काठमाडौं । बाग्मती प्रदेश सरकारले मन्त्रालयको संख्या घटाएको छ । मन्त्रालयको संख्या घटाएसँगै अव ११ वटा मात्रै रहने भएको छ । यसअघि बाग्मती प्रदेशमा १३ वटा मन्त्रालय रहेका थिए । जसमा मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय, आन्तरिक मामिला तथा कानून मन्त्रालय, आर्थिक मामिला तथा योजना मन्त्रालय, खानेपानी, ऊर्जा तथा सिंचाई मन्त्रालय, पर्यटन, उद्योग तथा सहकारी मन्त्रालय रहेका छन् ।
त्यस्तै, वन तथा वातावरण मन्त्रालय, भौतिक पूर्वाधार विकास मन्त्रालय, कृषि तथा पशुपन्छी विकास मन्त्रालय, श्रम रोजगार तथा यातायात मन्त्रालय, सामजिक विकास मन्त्रालय र स्वास्थ्य मन्त्रालय कायम रहने भएका छन् ।