images
images

केदारनाथको शिर डोलेश्वर विकास समितिको अध्यक्षमा बस्नेत


  • 284
    SHARES
  • २०७९ माघ १० गते मंगलबार

    केदारनाथको शिर डोलेश्वर विकास समितिको अध्यक्षमा बस्नेत

    भक्तपुर । केदारनाथको शिर डोलेश्वर महादेव संरक्षण तथा विकास समितिको अध्यक्षमा धर्मराज बस्नेत चुनिएका छन् । समितिको पाँचौं अधिवेशनबाट बस्नेतको अध्यक्षतामा नयाँ समिति निर्वाचित भएको हो। 

     कार्यसमितिको बरिष्ठ उपाध्यक्षमा आत्माराम थापा, उपाध्यक्षमा रामेश्वर बोहरा, महिला उपाध्यक्षमा निर्मला संजेल, महासचिवमा हरिशरण बस्नेत, कोषाध्यक्षमा रत्न प्रसाद छुकां निर्वाचित भएका छन् । त्यसैगरी सचिवमा कविराम थापा र घनश्याम थापा, सह कोषाध्यक्षमा केदारप्रसाद उपाध्याय ९सत्याल० विजयी भएका छन् ।

    महिला सदस्यमा तारा खड्का बस्नेत र रेखा थापा विजयी भएका छन भने खुला सदस्यमा राकेश थापा, हरि चन्द्र थापा, बद्रि बहादुर भट्टराई, राजेन्द्र त्वाती, हरिहर ढुंगाना र दिपबहादुर तामाङ विजयी भएका छन् । अधिवेशनमा १ हजार ७ सय ६२ जना आजिवन सदस्यले मतदान गरेका थिए ।

    सुर्यविनायक नगरपालिका–८ सिपाडोलस्थित केदारनाथको शिर डोलेश्वर महादेव मन्दिर संरक्षण तथा विकास समितिका संरक्षक भरत मणि जंगमको प्रमूख आतिथ्यतामा अधिवेशन सम्पन्न भएको हो । कार्यक्रममा बाग्मती प्रदेश सभा सदस्य किरण थापा, सुर्यविनायक नगरपालिका–८ का वडाध्यक्ष पुष्पराज वस्नेत लगायतको उपस्थिति रहेको थियो ।


    images
    images

    Logo