images
images

मधेस प्रदेशमा ६ महिनामा १ लाख ४६ सवारी साधन कारबाहीमा


  • 298
    SHARES
  • २०७९ माघ १० गते मंगलबार

    मधेस प्रदेशमा ६ महिनामा १ लाख ४६ सवारी साधन कारबाहीमा

    काठमाडौं । मधेस प्रदेशमा चालु आर्थिक वर्ष २०७९/८० को छ महिनामा १ लाख ४६ हजारभन्दा बढी सवारी साधान कारबाहीमा परेका छन् । 

    सवारी दुर्घटना न्यूनीकरण गर्न प्रदेशका जिल्लामा विशेष अभियान चलाएको ट्राफिक प्रहरीले विभिन्न कसुरमा १ लाख ४६ हजार १ सय ८० वटा सवारी साधानमाथि कारबाही गरेको हो । सवारी साधानमाथिको कारबाहीबाट १० करोड ७७ लाख १५ हजार ५ सय रुपैयाँ राजस्व सङ्कलन भएको मधेस प्रदेश ट्राफिक कार्यालय पथलैया बाराले जानकारी दिएको छ । 

    ट्राफिक प्रहरीले हाल राजमार्गमा जडान गरिएको सिसिटिभी र राडर स्पिड गनबाट सवारी साधनको गति निगरानी गरिरहेको छ । कार्यालय पथलैया बाराका अनुसार तीव्र गतिमा चलाइएको कार÷जिप २ हजार ६ सय ६४ वटा सवारी साधान कारबाहीमा परेका छन् । 

    साथै यात्रुबाहक बस, मिनिबस र सुमो ८ सय २१ वटा, मोटरसाइकल ३ सय ४९ वटा र मालबाहक ट्रिपर, ट्रक र ट्र्याक्टर ३ सय २५ वटा गरी ४ हजार १ सय ४९ वटा सवारी साधनमाथि कारबाहीमा परेको कार्यालय प्रमुख प्रहरी उपरीक्षक सन्तोषकुमार भट्टराईले जानकारी दिए । 
     
    क्षमताभन्दा बढी यात्रु बोक्ने, तीव्र गतिमा सवारी चलाउने, बिना हेलमेट र तीन जना सवार भइ मोटरसाइकल चलाउने प्रवृति बढेकाकाले राजमार्ग तथा अन्य सहायकमार्गमा सवारी चेकजाँच कडाइ गरिएको उनको भनाइ छ । 

    यस अवधिमा प्रदेशका जिल्लामा भएका २ हजार ८ सय ७६ सवारी दुर्घटनामा ३ सय ९ जनाको मृत्यु भएको छ । सवारी दुर्घटनामा सबैभन्दा बढी बारामा ६५ जना र सबैभन्दा कम पर्सामा २२ जनाको मृत्यु भएको प्रदेश ट्राफिक कार्यालय पथलैया बाराले जनाएको छ ।  


    images
    images

    Logo