images
images

प्रतिनिधि सभाको नियमावली मस्यौदा समिति गठन, २१ सदस्यीय रहने


  • 266
    SHARES
  • २०७९ माघ १० गते मंगलबार

    प्रतिनिधि सभाको नियमावली मस्यौदा समिति गठन, २१ सदस्यीय रहने

    काठमाडौं । प्रतिनिधिसभाले आफ्नो काम व्यवस्थित गर्नको लागि प्रतिनिधिसभाको नियमावली मस्यौदा समिति गठन गरेको छ । उक्त समितिमा २१ जना सदस्यीय रहने भएका छन् । सदस्यीय समितिमा सांसदहरु अनिता देवी, अमरेशकुमार सिंह, गंगाधर चौधरी, चित्रबहादुर केसी, जीवन परियार, दिलेन्द्रप्रसाद बडु, नागिना यादव, प्रकाश ज्वाला, प्रदीप यादव, प्रेम सुवाल, महेश बर्तौला रहेका छन् । 

    त्यस्तै,  रमेश लेखक, लीलानाथ श्रेष्ठ, विद्या भट्टराई, शक्ति वस्नेत, सवेन्द्रनाथ शुक्ल, सीता गुरुङ, सुवासचन्द्र नेम्वाङ, सोविता गौतम, हितराज पाण्डे र ज्ञानबहादुर शाही रहेका छन् । समितिलाई मस्याैदा तयार गर्न १५ दिनको समय दिइएको छ । 

    मंगलबार बसेको प्रतिनिधिसभाले उक्त नियमवाली मस्यौदा समिति गठनको प्रस्ताव सर्वसम्मतिले पारित गरेको छ । 


    images
    images

    Logo