images
images

मदरल्याण्डमा विद्यार्थी अभिमुखीकरण एवं सम्मान 


  • 314
    SHARES
  • २०७९ माघ १० गते मंगलबार

    मदरल्याण्डमा विद्यार्थी अभिमुखीकरण एवं सम्मान 

    भक्तपुर । मदरल्याण्ड स्कुलमा सकारात्मक सोच एवं सचेतता विषयक एक दिने अभिमुखीकरण कार्यक्रमको आयोजना गरिएको छ । कक्षा ६ देखि १० सम्मका १ सय ३० जना विद्यार्थीको सहभागीता रहेको कार्यक्रममा २०७८ मा एसईई उत्तीर्ण ४२ जना विद्यार्थीलाई सम्मान समेत गरिएको थियो । 

    सुर्यबिनायक नगरपालिकाका नगर प्रमुख बासुदेव थापाले बिद्यार्थीलाई मायाको चिनो प्रदान गरी बधाई तथा शुभकामना दिएका थिए । राष्ट्रिय तथा अन्तर्राष्ट्रिय पदक जित्न सफल सुर्यविनायक वडा नं ९ भातेढिकुर भक्तपुरमा रहेको मदरल्याण्ड स्कुलले अभिमुखीकरण एवं एसईई बधाई कार्यक्रम हरेक वर्ष गर्दै आएको छ । 

    नगर थापाले विद्यार्थीलाई बधाई दिँदै भविष्यमा नेतृत्व विकास गरी आफ्नै ठाउँ र देशमा रहेर कार्य गर्नुपर्नेमा जोड दिए । कार्यक्रममा सुर्यविनायक नगरपालिकाको सामाजिक विकास समिति संयोजक एवं प्रवक्ता वडा ७ का अध्यक्ष रविन्द्र सापकोटा र प्रहरी नायब उपरिक्षक राज कुमार श्रेष्ठले बधाई मन्तव्य व्यक्त गरेका थिए ।

    कार्यक्रममा प्रसिद्ध मनोविज्ञ तथा उत्प्रेरक विकास देव योन्जन तामागंले सकारात्मक सोच, विद्यार्थीले लिनु पर्ने जीवनको लक्ष्य र असल मार्ग सम्बन्धि सहजीकरण गरेका थिए । जिल्ला प्रहरी परिसर भक्तपुरका निरिक्षक लोक बहादुर जिसीले विद्यार्थी जीवनमा जानेर वा अन्जानमा हुन सक्ने साइवर क्राइम र लागु पदार्थ दुर्व्यसनी सम्बन्धि प्रस्तुतिकरण  प्रस्तुत गरेका थिए ।

    324460640_938097387567106_3637919020455331268_n.jpg

    विद्यालय संचालक एवं व्यवस्थापक शर्मिला देउजाको सभापतित्वमा सम्पन्न कार्यक्रममा शिक्षा क्षेत्रमा निरन्तर सेवा पुर्याउँदै आएका मदरल्याण्ड स्कुलका विव्यस सदस्य, त्रिभुवन विश्वविद्यालयका उपप्राध्यापक डा‍.कृष्ण प्रसाद ग्वाछा र विद्यालयका शुभेच्छक, बरिष्ठ अधिवक्ता डा.प्रभाकर खनाललाई विद्यावारिधि पूरा गरेकोमा बधाई पत्र प्रदान गरी सम्मान गरिएको थियो ।

    समारोहमा विद्यालयका संचालक र प्रिन्सिपल एवं नेशनल प्याब्सन भक्तपुरका जिल्ला अध्यक्ष समेत रहेका संजय खड्काले विद्यार्थीलाई समयानुकूल यस्ता अभिमुखीकरण कार्यक्रमले थप उर्जा मिल्ने र संस्कार सहित शिक्षा ग्रहणका लागि सहज हुने बताए । अहिलेको समयमा अभिभावकले पनि आफ्ना बालबालिकाको संगत कस्तो छ, उनीहरुले मोवाइलमा के–कस्ता क्रियाकलाप गर्छन् र हेर्छन्, विदाको दिनमा घरभन्दा बाहिर जान्छन् कि जाँदैनन् ? जान्छन् भने कस्ता साथी छन् ? आदि लगाएतका कुरामा विचार पुर्याउनु पर्नेमा खड्काले जोड दिए । 

    प्रिन्सिपल खड्काले अभिभावकहरुलाई आफ्नो क्षमता अनुसारको स्कुल छनौट गर्न, स्कुल परिवर्तन गर्दैमा बच्चाहरुले पढ्छन् भन्ने भ्रममा नपर्न, मन्टेश्वरी नाम हुदैमा सबै राम्रा हुन्छन् भन्ने भ्रममा नपरी मन्टेश्वरी सहि तरिकाले चलेका छन् की छैनन् ? दर्ता भएका छन् छैनन् ? बुझेर मात्र आफ्नो बालबालिकालाई भर्ना गराउँन सुझाव दिएका थिए ।


    images
    images

    Logo