काठमाडौं । ट्राफिक प्रहरीले बढी धूँवा फाल्ने २० ओटा सवारी साधन कारबाहीमा गरेको छ । काठमाडौंको सुकेधारामा गरिएको प्रदुषण चेकिङका क्रममा मापदण्डभन्दा बढी धूँवा फाल्ने २० ओटा सवारी साधन कारबाही गरेको हो ।
मापदण्डभन्दा बढी धूँवा फाल्ने पिकअप भ्यान ६, भाडाका बस ५, माइक्रोबस ४, हात्ती गाडी ३, टाटासुमो १ र पर्यटक गाडी १ गरी २० वटा रहेका छन् ।
वातावरण विभाग बबरमहल र काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयबाट संयुक्त रुपमा खटिएको टोलीले सुकेधारामा ४६ ओटा सवारी साधनलाई चेक गर्ने क्रममा मापदण्डभन्दा बढी धूँवा फाल्ने २० ओटा सवारी साधन कारवाहीमा परेका हुन् । सवारी साधन मर्मत पश्चात पुन ः चेक गराइ तोकिएको जरिवाना तिरी ट्राफिक प्रहरीले नियन्त्रणमा लिएका कागजपत्र फिर्ता दिइने प्रहरीले जनाएको छ ।



