काठमाडौं । सुनको मूल्यले नयाँ रेकर्ड कायम गरेको छ । मंगलवार छापावाला सुन १ लाख ६ हजार ३ सय रुपैयाँ कायम भएको छ । यो भाउ हालसम्मकै उच्च हो।
सोमवार प्रतितोला १ लाख ५ हजार ३ सय रुपैयाँमा कारोबार भएको सुन आज १ हजार रुपैयाँले बढेर नयाँ रेकर्ड राखेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । यस अघिको उच्च मूल्य १ लाख ५ हजार ५ सय रुपैयाँ रहेको थियो ।
त्यस्तै तेजावी सुन प्रतितोला १ लाख ५ हजार ८ सय रुपैयाँ तोकिएको छ भने चाँदी प्रतितोला १५ रुपैयाँले घटेर १ हजार ३ सय ६५ रुपैयाँ कायम गरिएको महांघले जनाएको छ ।