काठमाडौं । नेपाल राष्ट्र बैंकले आजको विदेशी मुद्राको विनिमयदर सार्वजनिक गरेको छ । सो विवरण अनुसार अमेरिकी डलरको मूल्य बढेको छ ।
मंगलवार अमेरिकी डलरको मूल्य १ को खरिददर अधिकतम १ सय २९ रुपैयाँ ९३ पैसा र बिक्रीदर १ सय ३० रुपैयाँ ५३ पैसा कायम रहेको छ । सोमवारको तुलनामा डलर ४३ पैसाले बढेको राष्ट्र बैंकले जनाएको छ ।
त्यस्तै, युरोपियन युरो आज १ को खरिददर १ सय ४१ रुपैयाँ ८२ पैसा र बिक्री दर १ सय ४२ रुपैयाँ ४७ पैसा कायम रहेको छ । त्यस्तै, बेलायती पाउण्ड आज १ को खरिददर १ सय ६१ रुपैयाँ २२ पैसा र बिक्री दर १ सय ६१ रुपैयाँ ९६ पैसा रहेको छ।