काठमाडौं । नेपाल नागरिक उड्डयन प्राधिकरणले ३ पाइलटलाई कारबाही गर्न निर्देशन दिएको छ । प्राधिकरणले नेपाल वायुसेवा निगमका ३ पाइलटलाई निलम्बन गर्न निर्देशन दिएको हो ।
यसरी प्राधिकरणको कारबाहीमा पर्ने पाइलटहरुमा उद्धव घिमिरे, राजेश कुशवाह र नरबहादुर विश्वकर्मालाई रहेका छन् ।
निगमका पाइलटले नेपाल एयरलाइन्सको जहाज हङकङ विमानस्थलमा अवतरण गर्नेक्रममा एटीसीले दिएको इन्स्ट्रक्सन पाइलटहरुले नमानी जहाज अवतरण गरेकाले उक्त ३ पाइलटलाई निलम्बन गर्न प्राधिकरणले निर्देशन दिएको छ ।