काठमाडौं । स्वास्थ्य विमा बोर्डले मुद्दती निक्षेपमा लगानी गर्ने भएको छ । बोर्डले स्वास्थ्थ विमा बोर्डमा कोषमा रहेको रकमलाई ३ महिने मुद्दती निक्षेप तथा कलरजनरल निक्षेपमा लगानी गर्ने भएको हो ।
नेपाल राष्ट्र बैंकबाट इजाजत प्राप्त ‘क’ वर्गका वाणिज्य बैंक तथा वित्तीय संस्थाहरुले आफूले लिन चाहेको रकम र ब्याजदर उल्लेख गरी सिलबन्दी दरभाउपत्र सम्बन्धी फाराम भरी माघ १२ गतेसम्म भित्रमा गोप्य शिबन्दी पेस गर्न सक्ने बाेर्डले जनाउकाे छ ।
नेपाल राष्ट्र बैंकले शीघ्र सुधारात्मक कारबाही वा समस्याग्रस्त संस्थाको रुपमा घोषणा नगरेको, नेपाल राष्ट्र बैंकको निर्देशनअनुसार चुक्ता पुँजी कायम रहेको, कर्जा निक्षेप अनुपात नेपाल राष्ट्र बैंकको सीमाभित्र भएको, विगत ३ वर्षदेखि नाफामा संचालित भएको र संचित नोक्सानी नभएको र निष्कृय कर्जा अनुपात ५ प्रतिशतभन्दा कम भएको हुनुपर्ने शर्तहरु बोर्डले राखेको छ ।



