काठमाडौं । राष्ट्रिय योजना आयोगको उपाध्यक्षमा मीनवहादुर श्रेष्ठ नियुक्त भएका छन् । आज बसेको मन्त्रिपरिषद्को बैठकले डा श्रेष्ठलाई उपाध्यक्षमा नियुक्त गरेका हुन् ।
श्रेष्ठलाई सोमबार सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद कार्यालयमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले पद तथा गोपनीयताको शपथ गराएका छन् । यसअघि २०७३ सालमा प्रचण्ड प्रधानमन्त्री भएका बेला पनि श्रेष्ठ नै योजना आयोगको उपाध्यक्ष थिए । हाल श्रेष्ठ नेपाल राष्ट्र बैंकका पूर्वकार्यकारी निर्देशक हुन् ।