images
images

देशभर सगठन विस्तार गर्न रास्वपाले गर्यो समितिको गठन, कसलाई कुन जिम्मेवारी ? 


  • 304
    SHARES
  • २०७९ माघ ९ गते सोमबार

    देशभर सगठन विस्तार गर्न रास्वपाले गर्यो समितिको गठन, कसलाई कुन जिम्मेवारी ? 

    काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीले देशभर सगठन विस्तार गर्न समिति गठन गरेको छ । केन्द्रीय कार्यालय बसन्धारामा आइतबार बसेको बैठकले समिति र विभागमा प्रमुख र सदस्य मनोनीत गर्ने निर्णय गरेको हो।

    पार्टी विधानअनुसार विभिन्न समिति र विभागहरूका संयोजक तोकेको छ। जसअनुसार केन्द्रीय निर्वाचन आयोगको सदस्यमा नारायण प्याकुरेल मनोनीत भएका छन् भने केन्द्रीय लेखा आयोगको संयोजकमा अभिषेक घिमिरेलाई जिम्मेवारी दिइएको छ।

    केन्द्रीय अनुशासन तथा आचरण समिति प्रमुखमा भरतमणि देवकोटा र सदस्यहरूमा रामहरि सुवेदी, रमाकान्त रिमाल, यज्ञमणि न्यौपाने रहेका छन्।

    साथै विवाद समाधान समिति प्रमुखमा विष्णुकुमार श्रेष्ठ र पुनरावेदन समिति प्रमुखमा विपिनकुमार आचार्य र सदस्यमा दिपक बोहरा छन्। पार्टी महामन्त्रीसमेत रहेका प्रवक्ता मुकुल ढकाललाई नीति तथा विचार विभाग प्रमुख तोकिएको छ।


    सो बैठकले यही माघ महिनाभित्र सबै प्रदेशमा विस्तारित बैठक गरी प्रदेश समितिको पुनर्गठन गर्ने निर्णय गरिएको छ भने बैठकले प्रदेश समितिको विस्तारित बैठकको मिति पनि तय गरेको छ । माघ १४ गते प्रदेश १ को विराटनगर, १६ गते मधेश प्रदेशको जनकुपुर, १८ गते बागमती प्रदेशको मकवानपुर, २१ गते गण्डकीको पोखरा, २४ गते लुम्बिनीको दाङ, २६ गते सुदूरपश्चिमको धनगढी र २८ गते कर्णालीको सुर्खेतमा बैठक बस्ने तय गरेको छ ।

    327121081_519253120273775_7045973525825175981_n.jpg

     


    images
    images

    Logo