images
images

उच्च मूल्य नजिक पुग्यो सुनको मूल्य, कतिमा हुँदैछ आजको कारोबार ?


  • 564
    SHARES
  • २०७९ माघ ९ गते सोमबार

    उच्च मूल्य नजिक पुग्यो सुनको मूल्य, कतिमा हुँदैछ आजको कारोबार ?

    काठमाडौं । सुनचाँदी बजारमा आज सुनको मूल्य बढेको छ । सोमवार छापावाला सुन प्रतितोला १ लाख ५ हजार ३ सय रुपैयाँमा कारोबार भएको छ । 

    आइतवार प्रतितोला १ लाख ५ हजार रुपैयाँ रहेको सुन आज ३ सय रुपैयाँले बढेर १ लाख ५ हजार ३ सय रुपैयाँ कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । छापावाला सुन यस अघि उच्च मूल्य पुग्दा १ लाख ५ हजार ५ सय रुपैयाँ कायम भएको थियो सो मूल्य कायम हुन अब २ सय मात्रै बाँकी रहेको छ ।

    त्यस्तै, तेजावी सुन प्रतितोला १ लाख ४ हजार ८ सय रुपैयाँ कयम भएको छ भने चाँदी प्रतितोला ५ रुपैयाँले बढेर १ हजार ३ सय ८० रुपैयाँ कायम गरिएको महासंघले जनाएको छ । 


    images
    images

    Logo