images
images

देशका लागि राजनीतिक स्थिरता आवश्यकः प्रथम राष्ट्रपति यादव


  • 313
    SHARES
  • २०७९ माघ ९ गते सोमबार

    देशका लागि राजनीतिक स्थिरता आवश्यकः प्रथम राष्ट्रपति यादव

    भक्तपुर । नेपालका प्रथम एवं राष्ट्रपति रामवरण यादवले नेपालमा धेरै क्रान्ति भएपनि देशले अझै राजनीतिक स्थिरता पाउन नसकेको बताएका छन्  । मीनकुमारी राणा प्रतिष्ठान बालकोटले भक्तपुरमा आयोजना गरेको पुरस्कार एवं छात्रबृत्ति वितरण कार्यक्रममा बोल्दै यादवले सो कुरा बताएका हुन् ।

    देशलाई स्थिर राजनीतिक व्यवस्था आवश्यक रहेको बताउदै यादवले भने, “ नेपालमा २००७ साल २०१७ साल र त्यस पछि पनि धेरै क्रान्ति भए । संविधान पनि राम्रै बन्यो, तर देशले अझै पनि राजनीतिक स्थिरता पाउन सकेको छैन । जसकारण जनताको तहसम्म अझै परिवर्तन पुगेको छैन ।”

    असल छोराले मात्रै आफ्ना बाबुआमालाई सधै जीवन्त राख्ने र सम्झने गरि कार्यक्रम गर्ने बताउदै पुर्व  राष्ट्रपति यादवले स्व।राणाका छोराहरु असल रहेको नमूना प्रस्तुत गरेको बताए । कार्यक्रममा पूर्व राष्ट्रपति यावदले प्रतिष्ठानले प्रदान गरेको मीनकुमारी स्मृति पुरस्कारबाट जनही ५१ हजारसहित बरिष्ट साहित्यकार धु्रवचन्द्र गौतम, बरिष्ट पत्रकार हरिहर विरही, प्रजातन्त्र सेनानी माथवरसिंह बस्नेत र बरिष्ट बक्सिङ्ग प्रशिक्षक मदनकुमार गुरुङ्गलाई पुरस्कार एवं सम्मान प्रदान गरेका थिए । 

    सम्मानित व्यक्तित्वलाई नगद पुरस्कारसहितको थैली प्रतिष्ठानका अध्यक्ष एवं पत्रकार कविर राणाले प्रदान गरेका थिए । 

    कार्यक्रममा राणा परिवारले एसएलसी उतीर्ण गरेको विद्यालय आदर्श माध्यमिक विद्यालय (डिएमपिएस) सानोठिमीका पूर्व विद्यार्थी समाजका अध्यक्ष सुवासचन्द्र ढुङ्गेल र स्व. राणाले अध्ययन गरेको बैङ्कोटेश्वर गुरुकुल विद्यालयलाई ५१ हजारसहित छात्रबृत्ति कोष स्थापना गर्न अध्यक्ष राणाले नगद हस्तान्तरण गरेका थिए । 

    कार्यक्रममा नेपाली काँग्रेसका नेता एवं सांसद बिनोद चौधरी, काँग्रेस नेता एवं पूर्व सांसद लेखनाथ न्यौपाने, काँग्रेस भक्तपुर सभापति एवं सांसद दूर्लभ थापाले स्वर्गीय राणाको दिएको असर संस्कार र योगदानले कर्मठ सन्तान पाएको भन्दै राणा परिवारले गरेको राजनीति, सामाजिक सेवाका कर्मले समाजलाई योगदान पुर्याएको चर्चा गरेका थिए । सम्मानित व्यक्तित्वहरु साहित्यका गौतम, पत्रकार बिरही र बस्नेतले प्रतिष्ठान स्थापना, यसले सुरु गरेको असल कामले सबैलाई प्रोत्साहन मिल्ने बताएका थिए।

    कार्यक्रममा प्रतिष्ठानका अध्यक्ष राणाले जुनसुकै काम पनि आफ्ना मातापितालाई सम्झेर उहाँहरुले देखाएको असल बाटोलाई अंगिकार गर्दै आफूहरु अगाडि बढेको बताउदैे नेपाली काँग्रेसको भक्तपुर जिल्ला कार्यालयको भवन निर्माणका लागि प्रतिष्ठानको तर्फबाट एक लाख पाँच हजार प्रदान गर्ने घोषणा समेत गरे ।
    प्रतिष्ठानका महासचिव रबि राणाले स्वर्गीय आमाको स्मरणमा प्रतिष्ठान स्थापना गरि पहिलो वर्षमै वरिष्ट व्यक्तित्वलाई पुृरस्कार र विद्यार्थीका लागि छात्रबृत्ति कोष स्थापना गरेर आमाको स्मरणलाई जीवन्त राखेको बताएका थिए।


    images
    images

    Logo