काठमाडौं । जनकपुरधाम बस्ने दुई जना व्यक्तिको भारतको सीतामढीमा हत्या भएको छ । जनकपुरधाम उपमहानगरपालिका वडा नम्बर–८ बस्ने २५ वर्षीय रोहित शाह र वडा नम्बर–१३ बस्ने २२ वर्षीय छोरा बिष्णु शाहको हत्या भएको हो ।
प्रहरीका अनुसार दुवै युवकको शव खाल्टो खनेर गाडेको अवस्थामा सीतामढी जिल्लाको बेला थाना अन्तर्गतको पर्सा गाउँमा आइतबार बिहान फेला परेको हुन् । दुई साता अघि दुबैजना भारतको सितामढी जिल्लाको बेला परिहार बस्ने आफन्तको घर गएका थिए ।
गत पुस २७ गते एकाएक बेपत्ता भएका दुबैजनाको परिवारलाई अपरहरणकारीले गत सोमवारसम्म ५० लाख रुपैयाँ फिरौती माग गरेका थियो । परिवारले अपहरणकारीलाई २० लाख दिन राजी भएका पनि थिए ।
पीडित परिवारका सदस्यहरुलाई गरेको फोन नम्बरको आधारमा नेपालका २ तथा भारतका ३ जना नियन्त्रणमा लिइएको जिल्ला प्रहरी जनाएको छ ।



