images
images

रेमिट्यान्समा नीतिगत सुधार गर्न सरकार तयार छ : अर्थमन्त्री पौडेल 


  • 299
    SHARES
  • २०७९ माघ ८ गते आइतबार

    रेमिट्यान्समा नीतिगत सुधार गर्न सरकार तयार छ : अर्थमन्त्री पौडेल 

    काठमाडौं । उपप्रधानमन्त्री तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेलले रेमिट्यान्सलाई व्यवस्थित गर्न नीतिगत तथा कानुनी सुधारका लागि सरकार तयार रहेको बताएका छन् । प्रवासी नेपाली मञ्ज अमेरिकाले शनिबार राती आयोजना गरेको रेमिट्यान्स एण्ड इन्भेष्टमेन्ट इन नेपाल विषयक कार्यक्रम बोल्दै अर्थमन्त्री पौडेलले रेमिट्यान्सलाई वैधानिक च्यानलबाट भित्राउन र उत्पादनमुलक क्षेत्रमा लगानी आवश्यक सहयोगका लागि सरकार तत्पर रहेको बताएका हुन् ।

    अर्थमन्त्री पौडेले भने  ‘रेमिट्यान्स जति जेनरेट हुने गरेको छ, त्यसको ठूलो हिस्सा लिगल च्यानलबाट भित्राउन सकेका छैनौं । लिगल च्यानलबाट देशभित्र भित्राउनका लागि लिनु पर्ने नीति, गर्नु पर्ने निर्णय वा दिनुपर्ने प्रोत्साहनका कार्यक्रमहरु अघि सार्न सरकार तयार छ ।’ 

    रेमिट्यान्सलाई उत्पादनको क्षेत्रमा, निर्माणको क्षेत्रमा र रोजगारीका नयाँ नयाँ अवसर सिर्जना गर्ने क्षेत्रमा लगानी गर्न सक्छौं । उपप्रधानमन्त्री तथा अर्थमन्त्री पौडेलले त्यसका लागि नीतिगत र कानुनी क्षेत्रमा देखिएका समस्याहरुलाई परिमार्जन र सुधार गर्दै जाने बताएका छन् । 

    रेमिट्यान्सका कोणबाट मात्र नभई वैदेशिक लगानीका निम्ति पनि भूमिका खेलिदिन उनले गैरआवासीय नेपालीलाई आग्रह गरे । ‘नेपाल लगानीका निम्ति सुरक्षित स्थान हो, प्रतिफल दिने स्थान हो’ उनले भने ‘त्यो सन्देश संसारभरका लगानीकर्ताका बीचमा पुर्‍याइदिनुहोस् ।’ कार्यक्रमका सहभागीहरुले नेपालको अर्थतन्त्रलाई मजबुत पार्न कृषि, पर्यटन, ऊर्जा, पूर्वाधार, मानवीय संशाधन, औद्योगिकरण, सेवा क्षेत्र, सामाजिक सुरक्षा लगायतमा जोड दिनुपर्ने सुझाव दिए ।


    images
    images

    Logo