सुर्खेत । सुर्खेतमा गएराती भएको सवारी दुर्घटनामा ४ जनाको ज्यान गएको छ । एक जना घाइते भएका छन् । सुर्खेतको छिन्चुदेखी वीरेन्द्रनगर आउँदै गरेको हाइलक्स बिहान साढे दुई बजे दुर्घटना भएको हो।
गाडी सडकबाट ७० मिटर तल खोलामा खसेको छ। सो दुर्घटनामा परि हाइलक्सका चालक वीरेन्द्रनगरका सागर शाही, दैलेखका दिपकजंग शाही, दैलेखका बबिन शाही र राजेन्द्र बिसीको मृत्यु भएको छ । साे घटनामा घाइतेलाई प्रहरीले उद्धार गरी उपचारका लागि कर्णाली प्रदेश अस्पताल पठाएकाे छ।
उक्त घटनामा घाइते भएका वीरेन्द्र शाहीको उपचार भइरहेको छ। उनको छातिमा चोट लागेकोले बोल्न नसक्ने अवस्थामा रहेको अस्पतालले जनाएको छ।