काठमाडौं ।उपसभामुखमा राष्ट्रिय स्वतन्त्र पार्टीकी सांसद इन्दिरा राना मगर निर्वाचित भएकी छिन् । इन्दिरालाई निर्वाचित गरियोस् भन्ने प्रस्तावको पक्षमा बहुमत पुगेकाले उपसभामुख पदमा निर्वाचित भएको सभामुखमा देवराज घिमिरेले घोषणा गरेका हुन् ।
प्रतिनिधिसभाका २ सय ७५ सांसदमध्ये उपसभामुखको निर्वाचनमा २ सय ६४ जना सहभागी भएका थिए । जसमध्ये इन्दिराको पक्षमा १ सय ६६ र विपक्षमा ९७ मत परेको छ । त्यसैगरी हुन्न भन्ने पक्षमा १ सय मत परेको छ ।
इन्दिरालाई नेकपा एमाले, नेकपा माओवादी केन्द्र, राष्ट्रिय स्वतन्त्र पार्टी, राप्रपालगायत सत्तारुढ गठबन्धनका दलहरुले मतदान गरेका छन् । राना सत्तागठबन्धनको साझा उम्मेदवार रहेकी थिइन् । नेपाली कांग्रेसले भने उपसभामुखमा मुक्ताकुमारी यादवलाई उम्मेदवार बनाएको थियो । प्रतिनिधि सभाको अर्को बैठक यही माघ १० गते दिउँसो १ बजेका लागि डाकिएको छ ।



