images
images

प्राइम बैंकको नाफा १ अर्ब ६५ करोड, प्रतिशेयर आम्दानी कति ? 


  • 838
    SHARES
  • २०७९ माघ ७ गते शनिबार

    प्राइम बैंकको नाफा १ अर्ब ६५ करोड, प्रतिशेयर आम्दानी कति ? 

    काठमाडौं । प्राइम कमर्सियल बैंकको नाफा १ अर्ब ६५ करोड रुपैयाँ पुगेको छ । अर्थिक वर्ष २०७८/७९ पुस मसान्तसम्ममा बैंकले सो रकम बराबरको नाफा आर्जन गरेको हो ।  गत वर्ष यस्तो रकम १ अर्ब ६७ करोड रुपैयाँ रहेको थियो ।गतवर्षको तुलनामा यो १.५५ प्रतिशतले कम हो ।  

    कम्पनीको हाल सम्मको वितरण योग्य मुनाफा ४१ लाख रहेको छ । बैंकको खुद व्याज आम्दानी ३ अर्ब ५३ करोड रुपैयाँ रहेको छ भने गत आर्थिक वर्षको सोही अवधिमा २ अर्ब ७६ करोड रहेको थियो ।

    सो अवधिमा बैंकले सञ्चालन नाफा २ अर्ब ३६ करोड रुपैयाँ आर्जन गरेको छ ।पुस मसान्तसम्ममा बैंकको निक्षेप संकलन १ खर्ब ६४ रहेको छ भने कर्जा लगानी १ खर्ब ५० अर्ब गरेको छ । 

    बैंकको प्रतिशेयर आम्दानी १७ रुपैयाँ ३ पैसा रहेको छ । सो अवधिसम्ममा बैंकको मूल्य आम्दानी अनुपात १३.५१ गुणा रहेको छ भने प्रतिशेय नेटवर्थ १४३.१० रुपैयाँ छ। त्यस्तै, तरलता अनुपात २५.५३ प्रतिशत रहेको छ । 


    images
    images

    Logo