काठमाडौं । हिमालयन बैंकको नाफा २८ प्रतिशतले बढेको छ । बैंकले सार्वजनिक गरेको विवरण अनुसार पुस मसान्तसम्ममा बैंकको नाफा ९५ करोड ४७ लाख रुपैयाँ रहेको छ । गत वर्ष यस्तो नाफा ७४ करोड ३४ लाख रुपैयाँ रहेको थियो । गतवर्षको तुलनामा यो २८.४२ प्रतिशत बढी हो ।
कम्पनीको हाल सम्मको वितरण योग्य मुनाफा ८ करोड ७२ लाख रहेको छ । बैंकको खुद व्याज आम्दानी ३ अर्ब ६४ करोड रहेको छ भने गत आर्थिक वर्षको सोही अवधिमा १ अर्ब ९१ करोड रहेको थियो ।
त्यस्तै, सञ्चालन मुनाफा १ अर्ब ३८ करोड रहेको छ । पुस मसान्तसम्ममा बैंकको निक्षेप संकलन १ खर्ब ७६ अर्ब रुपैयाँ रहेको छ भने कर्जा लगानी १ खर्ब ५३ अर्ब रुपैयाँ गरेको छ ।
कम्पनीको प्रति सेयर आम्दानी १३.६३ रुपैयाँ रहेको छ । नेटवर्थ १५३.६२ रुपैयाँ रहेको छ भने मुल्य आम्दानी अनुपात २३.११ गुणा रहेको ।



