काठमाडौं । एनएमबि बैंकले पुस मसान्तसम्ममा १ अर्ब ९० करोड नाफा कमाएको छ । बैंकको दोस्रो त्रैमासको वित्तीय विवरण अनुसार ६ महिनामा बैंकले सो रकम बराबर नाफा कमाएको हो । जुन गतवर्षको तुलनामा ११.१० प्रतिशत बढी हो ।
कम्पनीको हाल सम्मको वितरणयोग्य नाफा ६३ करोड ९७ लाख रहेको छ । बैंकको खुद व्याज आम्दानी ४ अर्ब २६ करोड रहेको छ भने गत आर्थिक वर्षको सोही अवधिमा २ अर्ब ७१ करोड रहेको थियो ।
सो अवधिमा बैंकले १ खर्ब ९२ अर्ब रुपैयाँ निक्षेप संकलन गरेको छ भने कर्जा १ खर्ब ८३ अर्ब रहेको छ । त्यस्तै, सञ्चालन मुनाफा ४ अर्ब ७७ करोड रहेको छ ।
कम्पनीको प्रतिशेयर आम्दानी २० रुपैयाँ ७० पैसा रहेको छ । नेटवर्थ १ सय ४८ रुपैयाँ १० पैसा रहेको छ ।