images
images

काठमाडौं महानगरको संशोधन बजेट पारित


  • 313
    SHARES
  • २०७९ माघ ७ गते शनिबार

    काठमाडौं महानगरको संशोधन बजेट पारित

    काठमाडौं । काठमाडौं महानगरपालिकाको नगरसभाको  १२औँ अधिवेशन २ अर्ब ७२ करोड ६९ लाख ६३ हजार रुपैयाँ बजेट तथा कार्यक्रम संशोधन प्रस्ताव पारित गर्दै सकिएको छ । काठमाडौं महानगरपालिकाका प्रमुख बालेन्द्र साहको अध्यक्षतामा आज बसेको बैठक संशोधन बजेट पारित गर्दै सकिएको हो ।

    काठमाडौं महागरपालिकाको उपप्रमुख सुनिता डङ्गोलले अधिवेशनको पहिलो बैठकमा संशोधन बजेट प्रस्ताव पेश गरेका थिए । गत ११औँ नगरसभाबाट चालु आर्थिक वर्षका लागि स्वीकृत कार्यक्रममध्ये ४ अर्ब ३६ करोड ७१ लख ७ हजार रुपैयाँ बजेटका कार्यक्रमलाई संशोधनका लागि प्रस्ताव गरिएको थियो । 

    प्रस्ताव गरिएका संशोधन बजेटमध्ये छलफलबाट करिब ३ अर्ब रुपैयाँ मात्र पारित भएको हो । आजको बैठकमा विभिन्न छ कार्य सूची रहेको थियो । आज भएको दोस्रो बैठकबाट सभाबाट आर्थिक ऐन २०७९, वातावरण तथा प्राकृतिक स्रोत संरक्षण ऐन २०७७, बजार व्यवस्थापन तथा अनुगमन ऐन २०७७, कर्मचारी सेवा ऐन २०७७ संशोधन गर्न बनेका विधेयक पारित भएको छ । 

    त्यसैगरी सार्वजनिक निजी साझेदारी तथा लगानी विधेयक २०७९ पनि पारित भएको छ । सभाले जनप्रतिनिधिको सुविधा सम्बन्धी विधेयक २०७९ पारित गरेको छ । 

    यससँगै कृषि तथा पशुपंक्षी विभाग गठन भएको छ । यसअघि जनस्वास्थ्य विभागमा रहेको खाद्य गुणस्तर तथा पशुपंक्षी महाशाखा तथा अन्तर्गतका शाखा र वातावरण व्यवस्थापन विभागसँग रहेको कृषि महाशाखालाई जोडेर विभाग गठन गरिएको हो । 

    कानुन तथा मानवअधिकार विभाग मातहतमा रहेको मिसिल शाखालाई सहरी व्यवस्थापन विभागअन्तर्गत लगिएको छ । यससम्बन्धी प्रस्ताव नगरसभाअन्तर्गत सुशासन समितिका संयोजक सिर्जना भेटवालले प्रस्तुत गरेका थिए । 

    काठमाडौं महागरपालिकाको सङ्गठन र दरबन्दी संरचना पुनरावलोकनका लागि प्रमुख प्रशासकीय अधिकृतको संयोजकत्वमा रहेको समितिलाई जिम्मेवारी दिइएको छ । यससम्बन्धी अध्ययनलाई कार्य पालिकामा लगिनेछ । निर्देशित जग्गा विकास कार्यक्रम, यसको मापदण्ड र मापदण्ड कार्यान्वयनका विषयबारे नगरसभा सदस्यले चर्चा गरेका थिए । 

    त्यस क्रममा वडाध्यक्ष रामकुमार केसी, चिनीकाजी महर्जन, योगेश खड्गी लगायतले वडा नं. ३१ म निर्देशित जग्गा विकास कार्यक्रमअन्तर्गत सडकमा परेको भवन संरचनामाथि गरिएको कारबाहीका विषयमा कामपा प्रमुखसँग कारण माग गरेका थिए ।


    images
    images

    Logo