काठमाडौं । महालक्ष्मी विकास बैंक नाफा ३० प्रतिशतले घटेको छ । बैंकले सार्वजनिक गरेको विवरण अनुसार पुस मसान्तसम्ममा बैंकको नाफा ३१ करोड ६० लाख रुपैयाँ रुपैयाँ रहेको छ । गत वर्ष यस्तो नाफा ४५ करोड ६२ लाख रुपैयाँ रहेको थियो । गतवर्षको तुलनामा यो ३०.७४ प्रतिशतले कम हो ।
कम्पनीको हाल सम्मको वितरण योग्य नाफा १० करोड ७८ लाख रहेको छ ।बैंकको खुद व्याज आम्दानी १ अर्ब ४ करोड रहेको छ भने गत आर्थिक वर्षको सोही अवधिमा ८६ करोड २४ लाख रुपैयाँ रहेको थियो ।
त्यस्तै, सञ्चालन मुनाफा ४५ करोड ३९ लाख रहेको छ । पुस मसान्तसम्ममा बैंकको निक्षेप संकलन ४७ अर्ब १९ लाख रुपैयाँ रहेको छ भने कर्जा लगानी ३६ अर्ब ९७ लाख रुपैयाँ गरेको छ ।
कम्पनीको प्रति सेयर आम्दानी १५.७६ रुपैयाँ रहेको छ । त्यसैगरी नेटवर्थ १५७.९४ रुपैयाँ रहेको छ भने मुल्य आम्दानी अनुपात २३.९९ गुणा रहेको छ ।



