काठमाडौं । ग्लोबल आइएमई बैंकको नाफामा वृद्धि भएको छ । दोस्रो त्रैमासको वित्तीय विवरण्ण अनुसार पुस मसान्तसम्ममा बैंकले २ अर्ब ७८ करोड रुपैयाँ नाफा कमाएको छ । यो गतवर्षको तुलनामा ४.४७ प्रतिशत बढी हो । गत वर्ष बैंकको यस्तो नाफा २ अर्ब ६६ करोड रुपैयाँ रहेको थियो ।
सो अवधिमा बैंकको वितरणयोग्य मुनाफा १ अर्ब ११ करोड रुपैयाँ रहेको छ । ६ महिनामा बैंकको सञ्चालन मुनाफा ३ अर्ब ७९ करोड रुपैयाँ रहेको छ भने खुद ब्याज आम्दानी ६ अर्ब ५४ करोड रुपैयाँ रहेको छ ।
उक्त समयमा बैंकले ४ खर्ब ३ अर्ब रुपैयाँ निक्षेप संकलन गरेको छ भने कर्जा प्रवाह ३ खर्ब ६३ अर्ब रुपैयाँ गरेको छ । सो अवधिमा बैंकको निष्क्रिय कर्जा २.९२ प्रतिशत पुगेको छ ।
त्यस्तै, पुसमसान्तसम्ममा बैंकको प्रति शेयर आम्दानी १८ रुपैयाँ ७ पैसा रहेको छ भने प्रतिसेयर नेटवर्थ १ सय ५४ रुपैयाँ ३४ पैसा रहेको छ ।



