काठमाडौं । सिद्धार्थ बैंकको नाफा १ अर्ब १६ करोड रुपैयाँ पुगेको छ ।अर्थिक वर्ष २०७८/७९ पुस मसान्तसम्ममा बैंकले सो रकम बराबरको नाफा आर्जन गरेको हो । गत वर्ष यस्तो रकम १ अर्ब ५७ करोड रुपैयाँ रहेको थियो । गतवर्षको तुलनामा यो २६.३८ प्रतिशतले कम हो ।
कम्पनीको हाल सम्मको वितरण योग्य मुनाफा २१ करोड १९ लाख रहेको छ । बैंकको खुद व्याज आम्दानी ४ अर्ब १ करोड रुपैयाँ रहेको छ भने गत आर्थिक वर्षको सोही अवधिमा ३ अर्ब रहेको थियो ।
सो अवधिमा बैंकले सञ्चालन नाफा १ अर्ब ६५ करोड रुपैयाँ आर्जन गरेको छ । पुस मसान्तसम्ममा बैंकको निक्षेप संकलन २ खर्ब ५ रहेको छ भने कर्जा लगानी १ खर्ब ७७ अर्ब गरेको छ ।
बैंकको प्रतिशेयर आम्दानी १६ रुपैयाँ ५३ पैसा रहेको छ । सो अवधिसम्ममा बैंकको मूल्य आम्दानी अनुपात १८.६० गुणा रहेको छ भने प्रतिशेय नेटवर्थ १६३.२९ रुपैयाँ छ।



