काठमाडौं । माछापुच्छ्रे बैंकले १ अर्बभन्दा बढी नाफा कमाएको छ । आर्थिक वर्षको दोस्रो त्रैमाससम्ममा बैंकले सो रकम बराबरको नाफा कमाएको हो । गत वर्ष यस्तो नाफा १ अर्ब १ करोड रहेको थियो ।
सो अवधिमा बैंकको निक्षेप १ खर्ब ४८ अर्ब रुपैयाँ रहेको छ भने कर्जा लगानी १ खर्ब ३२ अर्ब रुपैयाँ रहेको छ । यस्तै, सो अवभिमा बैंकको खराब कर्जा १.४ प्रतिशत छ
१० अर्ब २५ करोड ७१ लाख ५५ हजार रुपैयाँ चुक्ता पुँजी रहेको बैंकको जगेडा कोषमा ४ अर्ब १३ करोड ८९ लाख ७१ हजार रुपैयाँ रहेको छ ।