काठमाडौं । नेपाल बैंकको नाफा १७ प्रतिशतले घटेको छ । बैंकले सार्वजनिक गरेको विवरण अनुसार पुस मसान्तसम्ममा बैंकको नाफा १ अर्ब १७ करोड रुपैयाँ रहेको छ । गत वर्ष यस्तो नाफा १ अर्ब ४१ करोड रुपैयाँ रहेको थियो । गतवर्षको तुलनामा यो १७.४३ प्रतिशतले कम हो ।
कम्पनीको हाल सम्मको वितरण योग्य नाफा २९ करोड ७२ लाख रहेको छ । बैंकको खुद व्याज आम्दानी ३ अर्ब ८४ करोड रहेको छ भने गत आर्थिक वर्षको सोही अवधिमा ३ अर्ब २ करोड रहेको थियो ।
त्यस्तै, सञ्चालन मुनाफा १ अर्ब ५१ रहेको छ । पुस मसान्तसम्ममा बैंकको निक्षेप संकलन २ खर्ब १२ अर्ब रुपैयाँ रहेको छ भने कर्जा लगानी १ खर्ब ६८ अर्ब रुपैयाँ गरेको छ ।
कम्पनीको प्रति सेयर आम्दानी १५.९३ रुपैयाँ रहेको छ । नेटवर्थ २३८.०२ रुपैयाँ रहेको छ भने मुल्य आम्दानी अनुपात १८.३९ गुणा रहेको ।



