images
images

स्ट्याण्डर्ड चार्टर्ड बैंकको नाफा ६१ प्रतिशतले बढ्यो, अन्य सूचक कस्तो छ ?


  • 396
    SHARES
  • २०७९ माघ ७ गते शनिबार

    स्ट्याण्डर्ड चार्टर्ड बैंकको नाफा ६१ प्रतिशतले बढ्यो, अन्य सूचक कस्तो छ ?

    काठमाडौं । स्ट्याण्डर्ड चार्टर्ड बैंकको नाफा ६१ प्रतिशत बढेको छ । बैंकले सार्वजनिक गरेको विवरण अनुसार पुस मसान्तसम्ममा बैंकको नाफा १ अर्ब ७५ करोड ३६ लाख रुपैयाँ रहेको छ । गत वर्ष यस्तो नाफा १ अर्ब ८ करोड ६७ लाख रुपैयाँ रहेको थियो । गतवर्षको तुलनामा यो ६१.३६ प्रतिशत बढी हो । 

    सो अवधिसम्ममा बैंकको वितरणयोग्य मुनाफा १ अर्ब ५ लाख रुपैयाँ रहेको छ। बैंकको खुद व्याज आम्दानी ३ अर्ब ३९ करोड रहेको छ भने गत आर्थिक वर्षको सोही अवधिमा २ अर्ब ८२ करोड रहेको थियो । 

    त्यस्तै, सञ्चालन मुनाफा १ अर्ब ६३ करोड रहेको छ । पुस मसान्तसम्ममा बैंकको निक्षेप संकलन १ खर्ब २ अर्ब रुपैयाँ  रहेको छ भने कर्जा लगानी ८१ अर्ब ३ करोड रुपैयाँ गरेको छ ।

    कम्पनीको प्रति सेयर आम्दानी ३७.१९ रुपैयाँ रहेको छ । नेटवर्थ १९५.७३ रुपैयाँ रहेको छ भने मुल्य आम्दानी अनुपात १२.४५ गुणा रहेको ।

     


    images
    images

    Logo