images
images

सानिमा बैंकको नाफा १९ प्रतिशतले बढ्यो, प्रति सेयर आम्दानी कति ?


  • 400
    SHARES
  • २०७९ माघ ७ गते शनिबार

    सानिमा बैंकको नाफा १९ प्रतिशतले बढ्यो, प्रति सेयर आम्दानी कति ?

    काठमाडौं । सानिमा बैंकको नाफा १९ प्रतिशतले बढेको छ ।  बैंकले सार्वजनिक गरेको विवरण अनुसार पुस मसान्तसम्ममा बैंकको नाफा १ अर्ब २८ करोड ५३ लाख रुपैयाँ रुपैयाँ रहेको छ । गत वर्ष यस्तो नाफा १ अर्ब ७ करोड ७० लाख रुपैयाँ रहेको थियो । गतवर्षको तुलनामा यो १९.३४ प्रतिशत बढी हो । 

    सो अवधिसम्ममा बैंकको वितरणयोग्य मुनाफा ९६ करोड ३७ लाख रुपैयाँ रहेको छ। बैंकको खुद व्याज आम्दानी ३ अर्ब २१ करोड रहेको छ भने गत आर्थिक वर्षको सोही अवधिमा २ अर्ब १८ करोड रहेको थियो । 

    सो अवधिमा बैंकले सञ्चालन नाफा १ अर्ब ८२ करोड रुपैयाँ आर्जन गरेको छ । पुस मसान्तसम्ममा बैंकको निक्षेप संकलन १ खर्ब ४३ अर्ब  रहेको छ भने कर्जा लगानी ३ खर्ब १५ अर्ब गरेको छ ।

    बैंकको प्रतिशेयर आम्दानी २० रुपैयाँ ६३ पैसा रहेको छ । सो अवधिसम्ममा बैंकको मूल्य आम्दानी अनुपात २०.६९ गुणा रहेको छ भने प्रतिशेय नेटवर्थ १४४.८२ रुपैयाँ रहेको छ। 


    images
    images

    Logo