images
images

सेञ्चुरी बैंकसँग मर्जर गरेको प्रभु बैंकको नाफा घट्यो, वितरणयोग्य नाफा ३६ करोड


  • 334
    SHARES
  • २०७९ माघ ७ गते शनिबार

    सेञ्चुरी बैंकसँग मर्जर गरेको प्रभु बैंकको नाफा घट्यो, वितरणयोग्य नाफा ३६ करोड

    काठमाडौं । सेञ्चुरी बैंकसँग मर्जर गरेर एकिकृत कारोबार सूरु गरेको प्रभु बैंकको नाफा घटेको छ । पुस मसान्तसम्मको वित्तीय विवरण अनुसार बैंकको नाफा १ अर्ब १९ करोड रहेको छ । गत वर्ष यस्तो नाफा १ अर्ब २६ करोड रहेको थियोृ । गत वर्षको तुलनामा यो वर्ष बैंकको नाफा ४.९२ प्रतिशतले घटेको हो । 

    यक्त अवधिमा बैंकको वितरणयोग्य नाफा ३६ करोड ४२ लाख रुपैयाँ रहेको छ। सो अवधिमा बैंकको खुद ब्याज आम्दानी २०.०३ प्रतिशत बढेर ३ अर्ब ३९ करोड रुपैयाँ पुगेको छ भने बैंकको सञ्चालन मुनाफा घटेको छ । सो अवधिमा बैंककोसञ्चालन मुनाफा १२.५२ प्रतिशत घटेर १ अर्ब ६३ करोडमा झरेको बैंकले जनाएको छ । 

    त्यस्तै, सो अवधिमा बैंकको  जगेडा कोष ४६.६९ प्रतिशत घटेर ९ अर्ब ४४ करोड कायम भएको छ भने बैंकको निक्षेप २ खर्ब ७० अर्ब र कर्जा २ खर्ब ४५ अर्ब रहेको छ । सो अवधिमा बैंकको प्रतिशेयर आम्दानी १० रुपैयाँ १९ पैसा रहेको छ भने प्रतिशेयर नेटवर्थ १ सय ४० रुपैयाँ १२ पैसा रहेको छ।


    images
    images

    Logo