images
images

सिभिल बैंकको नाफा ६३ करोड ७० लाख, अन्य सूचक कस्तो छ ?


  • 321
    SHARES
  • २०७९ माघ ७ गते शनिबार

    सिभिल बैंकको नाफा ६३ करोड ७० लाख, अन्य सूचक कस्तो छ ?

    काठमाडौं । हिमालयन बैंकमा गाभिन लागेका सिभिल बैंकको नाफा६३ करोड ७० लाख रुपैयाँ पुगेको छ ।अर्थिक वर्ष २०७८/७९ पुस मसान्तसम्ममा बैंकले सो रकम बराबरको नाफा आर्जन गरेको हो । गत वर्ष यस्तो रकम ५० करोड ४० लाख रुपैयाँ रुपैयाँ रहेको थियो । गतवर्षको तुलनामा यो २६.३९ प्रतिशत बढी हो।

    बैंकको खुद व्याज आम्दानी २ अर्ब २५ करोड रुपैयाँ रहेको छ भने गत आर्थिक वर्षको सोही अवधिमा १ अर्ब ४६ करोड रहेको थियो । सो अवधिसम्ममा बैंकको वितरणयोग्य मुनाफा २५ करोड २२ लाख रुपैयाँ रहेको छ।

    सो अवधिमा बैंकले सञ्चालन नाफा ९० करोड ३९ लाख रुपैयाँ आर्जन गरेको छ । पुस मसान्तसम्ममा बैंकको निक्षेप संकलन ९४ अर्ब ७१ करोड रहेको छ भने कर्जा लगानी ८४ अर्ब ८ करोड गरेको छ । बैंकको प्रतिशेयर आम्दानी १४ रुपैयाँ ०४ पैसा रहेको छ । सो अवधिसम्ममा बैंकको मूल्य आम्दानी अनुपात १६.६७ गुणा रहेको छ भने प्रतिशेय नेटवर्थ १३५.९६ रुपैयाँ छ। 


    images
    images

    Logo